नियम ४५
तालिम तथा प्रशिक्षणको व्यवस्था
(१) सैनिक व्यक्तिलाई समयानुकूल कार्यकुशल, दक्ष तथा व्यवसायिक बनाउन आवश्यकता अनुसार अनुसूची–६ मा उल्लिखित तालिममा समावेश गराईनेछ ।
(२) एकै पटक नियुक्ति भएका वा बढुवा भएका सैनिक व्यक्तिलाई आन्तरिक तालिम तथा प्रशिक्षणका लागि मनोनयन गर्दा साधारणतया समान अवसर प्राप्त हुने गरी गर्नु पर्नेछ ।
(३) सैनिक व्यक्तिको तालिम तथा प्रशिक्षणको पाठ्यक्रम, अवधि तथा तालिम तथा प्रशिक्षण दिने स्थान, प्रशिक्षक तथा अतिथि प्रशिक्षक सम्बन्धी व्यवस्था जङ्गी अड्डाले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) तालिम तथा प्रशिक्षणमा सम्मिलित गराइएको सैनिक व्यक्तिले तालिम तथा प्रशिक्षण अवधिमा लापरवाही देखाई आफ्नो व्यवसायिक ज्ञानप्रति उदासिनता तथा गैर जिम्मेवारीपन देखाएमा सोको व्यहोरा अभिलेखमा जनाइनेछ ।
(५) उपनियम (४) बमोजिम अभिलेखमा जनाइएका सैनिक व्यक्तिलाई पुन एकपटक तालिम तथा प्रशिक्षणको मौका दिइनेछ र त्यसपछि पनि उदासिनता वा गैर जिम्मेवारीपन देखाउने सैनिक व्यक्तिलाई विभागीय कारबाही गरिनेछ ।
(६) तालिम तथा प्रशिक्षण अवधिभित्र प्रशिक्षार्थीको आचरण र चरित्र सम्बन्ध अभिलेख सम्बन्धित तालिम तथा प्रशिक्षण केन्द्रले तालिम तथा प्रशिक्षण समाप्त भएपछि तयार गरी त्यसको एकप्रति सम्बन्धित कार्यालयमा समेत पठाउनु पर्नेछ ।
(७) तालिम तथा प्रशिक्षणमा सफल हुने प्रशिक्षार्थीलाई तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख र मुख्य प्रशिक्षकको हस्ताक्षर सहितको प्रमाणपत्र तालिम तथा प्रशिक्षण केन्द्रले दिनेछ ।
(८) पदिकबाट कमिशन हुनेको उमेर चौंतीस वर्ष नाघेमा कमाण्डो तालिम गर्नु पर्ने छैन ।
(९) युवा अधिकृत तालिमका प्लाटुन कमाण्डर्स व्याटल तालिम र कमाण्डो गरी दुवै खण्ड पूरा नगरेसम्म गुल्मपति तालिम गर्न पाइने छैन ।
(१०) स्वदेशमा सैनिक -कमाण्ड तथा स्टाफ तालिममा सेत्तानी र सह सेतानी दर्जाका शिक्षार्थी छनौट गर्दा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी सेवामा प्रवेश “गर्नै अधिकृतहरुको हकमा अधिकृत क्याडेट तालिममा संलग्न भएको मितिले दश बर्ष र स्नातक तह उत्तीर्ण गरी सेबा प्रबेश गर्नेहरु तथा आन्तरिक प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्ने अधिकृतहरुको हकमा अघिक्कत क्याडेटमा संलग्न भएको मितिले नौ बर्ष सेवा अवधि पूरा गरेको, गुल्मपति तथा स्टाफ तालिम गरेको, कार्यसम्पादन मूल्याइनमा पछिल्लो तीनवटा नेकिबदीको औसत अंक न्यूनतम साठी प्रतिशत प्राप्त गरेको, मनोनयन हुने अधिकृतहरुको उमेर छनौट परीक्षा सञ्चालन हुने बर्षको वैशाख एक गते पैँतीस वर्ष ननाघेको अधिकृतहरुलाई सम्बन्धित पृतनापति वा विभागीय प्रमुखको सिफारिसको आघारमा छनौट गरिनेछ
तर कनै सैनिक कसुरमा संलग्न भई अनुसन्धानको क्रममा रहेको वा सैनिक अदालतमा मुद्दा विचाराधिन रहेको वा सैनिक अदालतबाट सजाय पाएकोमा सजाय भुक्तान नभइसकेको अधिकृतलाई सैनिक कमाण्ड तथा स्टाफ तालिममा सहभागी गराइने छैन |
(११) सैनिक कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा पुरुष तथा महिला अध्चिकृतहरुलाई खुला प्रतिस्पर्धा गराई शिक्षार्थी छनौट गरिनेछ र युनिट कमाण्ड तथा स्टाफ कोर्षको लागि सैनिक कमाण्ड तथा स्टाफ तालिम नगरेका पुरुष तथा महिला अधिकृतहरुलाई खुला प्रतिस्पर्धा गराई शिक्षार्थी छनौट गरिनेछ ।
(१२) हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालीममा महासेनानी र प्रमुख सेनानी दर्जाका शिक्षार्थी छनौट गर्दा स्वदेश वा विदेशमा कमाण्ड तथा स्टाफ कलेज तालीम उत्तीर्ण भएको वा गणपति तालीम वा अल आर्म्स् कमाण्ड तथा स्टाफ कोर्ष वा युनिट कमाण्ड तथा स्टाफ कोर्ष तालीम उत्तीर्ण गरेको र पछिल्लो तीन वर्षको नेकिबदीको न्यूनतम औसत अङ्क सत्तरी प्रतिशत प्राप्त गरेको र मूल्याङ्कनको आधार (कार्यसम्पादन बापत पचास, तालीम बापत पैंतालिस-र छनौट बोर्डको मूल्याङ्कन बापत पाँचको आधारमा तय भएको योग्यताक्रम अनुसार) मा छनौट गरिनेछ।